अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी फागुनमा पर्यटन लगानी सम्मेलन हुने

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:३३ मा प्रकाशित

नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन र पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । एशियाली विकास बैंक, विश्व बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँगको साझेदारीमा पर्यटन लगानी सम्मेलन गरिनेछ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।

सम्मेलनमा छिमेकीमूलुक भारत र चीनका अलावा युरोप, मध्यपूर्वी एशियालगायत मुलुकबाट पनि लगानीका लागि व्यवसायी आउने बताएको छ । पर्यटनको कुन क्षेत्रमा कस्तो लगानी गर्ने भनेर सातवटै प्रदेशका मुख्यमन्त्री र निजी क्षेत्रसँग छलफल गरिएको छ । संयोजक वैद्यका अनुसार दुई/तीन चरणको छलफल भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू