अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

पाँचथरमा मन्दिरको छत खस्दा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:२४ मा प्रकाशित

पाँचथरको हिलिहाङ गाउँपालिकामा सोमबार बिहान मन्दिरको ढलान खस्दा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ भारपाकोटारीस्थित यलम्बर पार्कमा निर्माणाधिन मन्दिरको छत खसेको हो ।

२० दिनअघि ढलान गरिएको छत सटिङ खुस्काउने क्रममा खसेको स्थानीय अर्जुन रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार छतले च्यापिएर जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा खसेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू