अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

हङकङमा लोकतन्त्रको पक्षमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:२३ मा प्रकाशित

हङकङमा लोकतन्त्रको समर्थन गर्दै भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । केही प्रदर्शनकारीहरु प्रहरीको घेरामा प्रवेश गर्न खोजेपछि झडप भएको हो ।

प्रदर्शनकारीहरुले चिनियाँ केन्द्रीय सरकारी कार्यालयतर्फ जाँदा सडक आसपासका घरहरुमा अण्डासमेत फ्याँकेका थिए ।सुपुर्दगीसम्बन्धी एक विवादास्पद विधेयकको विरोधमा सुरु भएको हङकङको प्रदर्शनमा पछिल्लो समयमा लोकतन्त्रको विषयले प्रवेश पाएको हो । प्रदर्शनकारीहरुले लोकतन्त्रको प्रत्याभूतिसहितका माग अघि सारेका छन् ।

प्रदर्शनकारीहरुले चीन सरकारको एउटा भवन बाहिर केही नारासमेत लेखिदिएका छन् ।‘शान्तिपूर्ण प्रदर्शनको कुनै अर्थ छैन भन्ने तिमीले हामीलाई सिकायौ’ जस्ता नारा प्रदर्शनकारीहरुले लेखेका हुन् । यसैबीच हङकङको एउटा मेट्रो स्टेसनमा केही नकावधारी व्यक्तिले लोकतन्त्र समर्थकहरुमाथि हमला गरेका छन् ।सार्वजनिक भएको भिडियोमा सो नकावधारी समूहले मानिसलाई लाठीले कुटिरहेको देखिएको छ ।

घटनामा कम्तिमा ३६ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनमा ४ लाख ३० हजारभन्दा बढी सहभागी भएको बताइएको छ । तर प्रहरीले भने १ लाख ३८ हजार सहभागी भएको जनाएको छ । यस्तै लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनको विरोधमा समेत हङकङकमा ¥याली निकालिएको छ । सो र्यालीमा समेत हजारौं सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू