अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

भारतद्धारा ‘चन्द्रयान–२’ को सफल प्रक्षेपण

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:१९ मा प्रकाशित

भारतले सोमबार चन्द्रमामा आफ्नो अन्तरिक्ष यान ‘चन्द्रयान–२’ प्रक्षेपण गरेको छ । चन्द्रयान– २ लाई भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सोमबार (जुलाई २२) स्थानीय समय अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा (नेपाली समय अनुसार दिउँसो ३ बजे) प्रक्षेपण गरेको हो ।

गत सोमबार (जुलाई १५) चन्द्रयान–२ लाई प्रक्षेपणको तयारी गरे पनि प्राविधिक कारणबस प्रक्षेपण समयभन्दा ५६ मिनेट पहिले स्थगित गरिएको थियो । यो मिशनमा चन्द्रयान– २ ले अपरिचित दक्षिणी ध्रुवमा सेप्टेम्बरको पहिलो हप्ता अवतरण गर्नेछ । वैज्ञानिकका अनुसार चन्द्रमाको यो क्षेत्र निकै जटिल किसिमको रहेको छ । उनीहरुले त्यहाँ पानी तथा जीवात्मा फेला पर्नसक्ने अनुमान गरेका छन्। इसरोले १५० मिलियन अमेरिकी डलर खर्चेर तयारी गरेको अभियान अन्तर्गतको चन्द्रयान– २ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने जनाइएको छ । सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन् ।

चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो ।चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ। यसलाइ भारतले आफ्नो मिसनको रुपमा मात्र पठाएको छ जसको नाम विक्रम दिइएको छ भने रोबरको नाम प्रज्ञान राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू