अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

जनताले विश्वास गर्ने निकायका रुपमा सन्चारमाध्यम पहिलो – सर्वेक्षण

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:१६ मा प्रकाशित

काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सले गरेको सर्वेक्षणमा जनताले विश्वास गर्ने निकायकारुपमा सन्चारमाध्यम पहिलो नम्बरमा परेको छ । सातवटै प्रदेशमा गरिएको सर्वेक्षणमा ९१.०३ प्रतिशतले सन्चारमाध्यम विश्वासिलो निकायकारुपमा देखिएको हो ।

स्थानीय संघ–संस्थालाई ९०.७, नेपाली सेनालाई ८७.७, वडाध्यक्षहरुलाई ८३.८ र स्थानीय सरकारका प्रमुखलाई जनताले ८१.३ प्रतिशत विश्वास गरेको पाइएको छ । सोमबार पोखरामा आयोजित कार्यक्रममा स्कुल अफ आर्ट्सका डा. धीरज गिरीले ८९ ओटा प्रश्नलाई ६ भागमा विभाजन गरी गरिएको सर्वेक्षणमा राजनीतिक दल, संघ, प्रदेशका सदस्यहरुमा जनताको विश्वास ३० देखि ४० प्रतिशत देखिएको जानकारी दिनुभयो ।

सर्वेक्षणमा नेपालले अहिले लिइरहेको दिशा सही छ वा गलत भन्ने विषय नै सर्वेक्षणको मूल प्रश्न थियो । जसमा ५१.५ प्रतिशतले मुलुक सही दिशामा अघि बढेको जनाएका छन् भने ३९.४ प्रतिशतले मुलुक गलत दिशामा गएको ठानेका छन् । यस्तै, ९ प्रतिशतले यो विषयमा अनभिज्ञता प्रकट गरेको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिप्रति जनतामा देखिएको वितृष्णालाई गम्भीररुपमा लिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू