अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

नेपालको तिलगंगा आँखा अस्पताल विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र घोषित

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:१२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रकारुपमा मान्यता दिएको छ । अस्पतालको २५औं वार्षिकोत्सवका अवसरमा सोमबार संगठनले आँखारोगको उपचारमा अस्पतालले ठूलो फड्को मार्न सफल भएको भन्दै आफ्नो समन्वय केन्द्र घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा आँखा स्वास्थ्य सेवा, शैक्षिक तालिम तथा प्राविधिक जनशक्ति, उत्पादन र अनुसन्धान सेवा गरेवापत संगठनले समन्वय केन्द्रकारुपमा मान्यता दिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले आँखा उपचारका लागि विश्वमै अग्रस्थान हासिल गरेको भन्दै अस्पतालले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । हालसम्म अस्पतालले ६० लाखको उपचार र चार लाख मानिसको आँखाको शल्यक्रिया गरेर ज्योति प्रदान गरी अस्पतालले असाधारण र सराहनीय काम गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

मोतियाविन्दु चिकित्सा विधिमा फड्को मारेको अस्पतालमा हाल चीन, अर्जेन्टिना, मलेसिया, इन्डोनेसियालगायत दक्षिण एसियाका नेत्र चिकित्सकहरु मोतियाविन्दुसम्बन्धी अध्ययनका लागि आउने गर्छन् । अस्पतालले आँखाको लेन्स उत्पादन गरी निर्यातसमेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू