अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेस सभापति देउवाको चेतावनी

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:११ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि समेत दोहोर्याउनुभयो ।

जननायक विश्वेश्वर प्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै सभापति सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभयो । सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नुभएको छ । त्यस अवसरमा सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गर्नुभएको थियो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको आरोप लगाउनुभयो । उहाँले विपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू