अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

संसारको उत्कृष्ट ब्राण्डमा हिमालयन डगच्यु

बिआरटीनेपाल २०७६ साउन ५ गते २२:४६ मा प्रकाशित

वल्र्ड ब्रान्ड फोरम (विश्व ब्रान्डिङ मञ्च)को अष्ट्रियामा भएको विश्व घरपालुवा जनावरहरूको खाना उत्पादन गर्ने कम्पनीका प्रतिस्पर्धामा नेपाली कम्पनी हिमालयन डगच्यु पहिलो भएको छ । बेलायतको लन्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरूको खानाको उद्योगहरूको गर्ने विभिन्न ब्राण्डहरुको प्रतिस्पर्धामा यस पटक अष्ट्रियाको राजधानी भियनास्थित राष्ट्रपति भवनमा भएको थियो ।

कार्यक्रममा वल्र्ड ब्रान्ड फोरम (विश्व ब्रान्डिङ मञ्च)का अध्यक्ष रि चार्ड रोवल्स (Richard Rowles) र सिइओ पेटर पेक (Ceo Peter  pek ) ले हिमालयन डगच्युका अध्यक्ष सुजन कुमार श्रेष्ठ र निर्देशक निशेस श्रेष्ठलाई अवार्डबाट सम्मानित गरिएको थियो ।

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डगच्युको घरपालुवा जनावरहरूको खानाको न्याचुरल ट्रिट्स क्याटवोरी (Natural Treats category) मा २०१९–२० को एनिमल एडिसन (2019-2020 Animalis edition) मा उत्कृष्ट हुन सफल भएको छ । अमेरिका, चिन, रसिया, बेलायत, जर्मन, भारतलगायतका एक सय पचास भन्दा बढी देशका सहभागिता रहेको थियो । ३० लाख भन्दा बढी उद्योगले ४० विधामा प्रतिस्पर्धा भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले यस अवार्डले विश्वलाई नेपाली कम्पनीको विश्वसनीयता र गुणस्तरको विश्वास दिलाउन सफल भएकोमा आफू र आफ्ना कर्मचारीहरू झन् उत्साहित भएको बताए । १५वर्ष अघिको सपना यस अवार्डले पूरा गर्न तर्फ मद्दत गरेको भन्दै आगामी दिनमा अझ मेहनत गर्दै जाने समेत बताए । सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका लगी कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो । सन् २००७ वाट व्यवसायीक रूपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो । सुमन श्रेष्ठ, निशेस श्रेष्ठ र सुजन कुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरी निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया