अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

बाणिज्यदूत क्षेत्रीको भव्य विदाई

बिआरटीनेपाल २०७६ साउन ५ गते २१:२० मा प्रकाशित

न्यू योर्क । बाणिज्यदूत कृष्ण कुमार सुवेदी (कृसु) क्षेत्रीको अमेरिकास्थित नेपाली समुदायले भव्य विदाई गरेका छन् । नेपाली समुदायले सार्वजनिक कार्यक्रम गरेर शनिबार उनको विदाई गरेका हुन् ।

बिदाई कार्यक्रममानेपाली समुदायका अगुवाहरुले वाणिज्यदूतका रुपमा क्षेत्री र न्यू योर्कस्थित नेपाली महावाणिज्य दूतावासले गरेको कामको प्रसंसा गरेको थियो । क्षेत्री १ अगस्ट २०१५ मा वाणिज्यदूतका रुपमा न्यू योर्क आएका थिए । चार वर्षे कार्यकाल पुरा गरेर उनी यहि जुलाई अन्तिम साता नेपाल फर्किँदैछन् ।

क्षेत्री आउनु अघि न्यू योर्कस्थित स्थायी नेपाली नियोगबाट कन्सुलसम्बन्धी काम हुँदै आएको थियो । अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको सर्कुलरका कारण स्थायी नियोग र महावाणिज्य दूतावास अलग्गै राख्नुपर्ने अबस्था आएपछि नेपाल सरकारले ४ मे २०१५ मा न्यू योर्कमा अलग्गै दुतावास स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबाहेक २४ नोभेम्बर २०१५ देखि हस्तलिखित राहदानीबाहकलाई अन्तराष्ट्रिय उडान भर्न नदिने बाध्यकारी निर्णयका कारण अमेरिकामा रहेका नेपाली नागरिकलाई मेशिन रिडेवल पासपोर्ट जारी गर्नुपर्ने अबस्था थियो ।

बाणिज्यदूत क्षेत्री आएको करिब २ महिनापछि महावाणिज्य दूतावासको अलग्गै कार्यलय खोल्ने काम भयो । महावाणिज्य दूतावासले नेपाली समुदाय बाक्लो भएको ठाउँमा घरदैलो कार्यक्रम समेत गरेर हस्तलिखित राहदानीलाई मेसिन रिडेवल पासपोर्ट बनाउने र कन्सुलसम्बन्धी अन्य काम ग¥यो । ‘४ वर्षको अवधिमा अमेरिकामा रहेका कम्तिमा ९० प्रतिशत नेपालीले मेसिन रिडेवल पासपोर्ट प्राप्त गरिरसकेका छन्,’ क्षेत्री भन्छन् ।


महाबाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली नागरिकका लागि जन्म दर्ता, विहे दर्ता, सम्बन्ध विच्छेद, राहदानी बनाउने, नागरिकताका लागि सिफारिस जारी गर्ने, मृत्यु दर्ता, लाश र अस्तु नेपाल लैजान सिफारिस गर्ने लगायतका काम गर्दै आएको छ । ‘महावाणिज्य दूतावासको काम वम्ब (गर्भ) टु टम्ब (चिहान) सम्म रहेछ,’ क्षेत्री भन्छन् ।
उनी महावाणिज्य दूतावासले सेवाग्राहीलाई १५ मिनेटभित्र सेवा उपलब्ध गराएको बताउँछन् । ‘महावाणिज्य दूतावासले नेपाली नागरिकलाई पु¥याएको योगदानप्रति म सन्तुष्ट छु,’ उनी भन्छन्, ‘हाम्रो कामप्रति असन्तुष्ट एक जना पनि फेला पार्न सक्नुहुन्न ।’


महावाणिज्य दुतावासले आर्थिक कुटनीति र पर्यटन प्रबद्र्धनको काम पनि गर्दै आएको छ । न्यू योर्कमा ११५ देशको महावाणिज्य दुतावास र ४० बाणिज्य दुतावास छ । उनीहरुको साझा संगठन सोसाइटी अफ फरेन कन्सुलमार्फत महावाणिज्य दूतावासले दुईपक्षी र बहुपक्षिय सम्बन्ध र मामिलामा कुटनीतिक भुमिका समेत निर्वाह गर्दै आएको छ ।


न्यू योर्कस्थित महावाणिज्य दूतावासले न्यू योर्क र आसपासका १० राज्यमा बसोबास गर्ने नेपाली समुदायका लागि काम गर्दै आएको छ । न्यू योर्कमा मात्र करिब एक लाख नेपाली रहेको अनुमान छ । उनीहरुका करिब एक सय संघ संस्थाको कार्यक्रममा महावाणिज्य दूतावासका प्रतिनीधिले नेपाल सरकारको तर्फबाट प्रतिनीधित्व गर्ने गरेका छन् ।

विदाई कार्यक्रममा कसले के भने भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया