अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

नयाँदिल्लीमा घरको छतबाट खसेर अर्घाखाँचीका युवकको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ५ गते ८:०९ मा प्रकाशित

भारतको नयाँदिल्लीमा घरको छतबाट खसेर अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका– ५ असुरकोटका २३ वर्षीय सन्तोष थापा रहेका छन् । भारतको नयाँदिल्ली स्थित मुखर्जीनगरमा आफूले काम गर्दै आएको पेइङ गेष्टहाउसको ६ तला माथिबाट खसेर थापाको मृत्यु भएको मृतकका आफन्तले बताएका छन्।

थापा गेष्टहाउसको काम सकेर साथीहरूसँग फोनमा कुराकानी गर्न छैठौं तलामा गएका थिए । साथीहरूसँग फोन गर्ने क्रममा थापाको एक्कासी खुट्टा चिप्लिएर आफूले काम गर्दै आएको गेष्टहाउसको छैठौं तला बाट खसेर घाईते भएका थापाको उपचारको क्रममा मृत्यु भएको दिल्ली स्थित मुखर्जी नगर प्रहरीले जनाएको छ ।

मृतक थापा घरमा रहेका अशक्त बृद्धबृद्धा बुवा आमासहित अपांग ५ जनाको परिवारको पेट पाल्नकै लागि कमाउन भारत गएका थिए । थापाको मृत्युको खबरले परिवार थप बिचल्लीमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू