अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रद्द

बिआरटीनेपाल २०७६ साउन ५ गते ८:०४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण रद्ध भएको छ । मोदी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने भनिएको थियो । प्रधानमन्त्री केपी ओली र मोदीले संयुक्त रुपमा परियोजनाको उदघाटन गर्ने कार्यतालिका थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले पाइपलाइन परियोजना कसरी उदघाटन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि पशुपति र लुम्बिनी दर्शनका लागि नेपाल आउने योजनामा हुनुहुन्थ्यो ।

मोदीले यसअघि लुम्बिनी दर्शनका लागि प्रयास गर्नुभएको थियो । तर, सुरक्षालाई कारण देखाउँदै उहाँ लसम्बिनी जानुभएको थिएन । श्रोतका अनुसार तरकारीमा विषादी प्रकरण र भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेको भन्दै नेपालमा भारतविरोधी भावना बढेकाले मोदीले नआउने मनस्थिति बनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू