अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

गण्डकी प्रदेश पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ५ गते ८:०२ मा प्रकाशित

गण्डकी प्रदेशले प्रथम पञ्च वर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ। अन्य प्रदेश भन्दा पहिले नै ल्याएको योजनाको आधारपत्रमा गण्डकी प्रदेशको समग्र विकासको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्षहरु समेटिएको छ । योजना अनुसार ५ वर्षमा प्रदेशको विकासका लागि १० खर्ब, १२ अर्ब रुपैयाँ लाग्ने छ ।

त्यसैगरि प्रदेशको विकासका लागि ७ आधारलाई मुख्य मानेर योजना बनाएको नीति तथा योजना आयोग गण्डकी प्रदेश उपाध्यक्ष गिरीधारी शर्माले जानकाी दिनुभयो । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उहाँले विज्ञहरुको सुझावका आधारमा जनसहभागिता मूलक योजनाहरु समेटिएको स्पष्ट पार्नुभयो ।

समावेशी आर्थिक वृद्धि, गरिबी निवारण, स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विस्तार, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण,, यान्त्रिकीकरण, जल, वायु र सौर्य उर्जा, प्रयोग, निकासी, औद्योगिकीकरण, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र व्यवसायिक शिक्षाको विस्तार, गुणस्तर, स्वास्थ्य सेवाको सुदृढीकरण, सुशासन लगायतको लक्ष्य प्राप्त गर्न प्रदेश सरकारले काम गर्ने योजना रहेको शर्माको भनाई छ ।

आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नीति तथा योजना आयोग गण्डकी प्रदेशद्वारा आइतबार आयोजित प्रथम पञ्चबर्षीय योजनाको आधारपत्र सार्वजनिक कार्यक्रममा गुरुङले आर्थिक बर्षदेखि द्रूत गतिमा विकास र अन्य निर्माण योजना अगाडि बढाउने बताउनुभएको हो । साउन एक गतेदेखि अन्य निर्माण कार्यलाई द्रूर्त गतिमा अगाडि बढाउन आफूले निर्देशन गरेको र एक बर्षपछि कुल बजेटको ९५ प्रतिशत भन्दा बढी खर्च गर्ने लक्ष्य रहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू