अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

ब्रिटिस एयरवेजबाट इजिप्टको कायरोका लागि हुने सम्पूर्ण उडान स्थगित

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:५४ मा प्रकाशित

ब्रिटिस एयरवेजले सुरक्षाको कारण देखाउँदै इजिप्टको कायरोका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको छ ।ब्रिटिस एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो ।

एयरवेजले सुरक्षाका दृष्टिले उडानहरु स्थगित गरिएको जनाउँदै आफ्ना चालक दलका सदस्यको ज्यान बाजी राखी उडान भर्न नसक्ने जनाएको हो ।तर कस्तो खालको सुरक्षा चुनौती देखियो भन्नेबारे भने केही खुलाइएको छैन । उडान स्थगित गरेसँगै हजारौं यात्रु प्रभावित भएका छन् ।

केही यात्रुले भने इजिप्टका लागि बोर्डिङ पास लिइसकेपछि उडान रद्द गरेको भन्दै एयरवेजको रवैयाप्रति खेद व्यक्त गरेका छन् ।उनीहरुले सो एअरवेजका कर्मचारीले सही सूचना दिन आनाकानी गरेको र सहयोगसमेत नगरेको गुनासो गरेका छन् ।

यसैबीच जर्मनीको लुफ्थान्सा एअरले पनि इजिप्टमा शनिबार हुने आफ्ना उडान रद्द गरेको थियो । तर, आइतबारदेखि उडान हुने एयरलाइन्सका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू