अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

म्यानचेष्टर युनाईटेडद्वारा ईन्टर मिलान पराजित, ग्रिनउडले गरे निर्णायक गोल

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:५२ मा प्रकाशित

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यान्चेष्टर युनाईटेडले ईन्टर मिलानलाई पराजित गरेको छ । गएराति सिंगापुरमा भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले ईटालीको ईन्टर मिलानलाई १–० ले हराएको हो ।

युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा निर्णायक गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् । उता इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब सम्हालेपछि पहिलो खेलमा पराजय भोगे ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ । एसिया भ्रमणमा रहेका प्रिमियर लिगका टोलीहरुबीचको भिडन्तमा वुल्भरह्याम्पटन वान्डरर्सले म्यान्चेस्टर सिटीलाई हराएको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रकेरमा वुल्भरह्याम्पटन ३–२ ले विजयी भयो । गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हराएको छ ।

प्रतिक्रिया