अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

चन्द्रमामा पहिलो मानव पाइलाको ५० औँ वर्षगाँठ मनाईदै

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:५० मा प्रकाशित

चन्द्रमामा मानिसले पहिलोपटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विविध कार्यक्रम गरी मनाईँदैछ । सन् १९६९ को जुलाई २०–२१ मा एपोलो ११ अन्तरिक्षयान मार्फत अमेरिकी अन्तरिक्षयात्री नील आम्स्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पाइला टेकेका थिए ।

अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि नीलले चन्द्रमामा पाइला टेकेका थिए । आस्ट्रङमा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् । उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । त्यसपछि कोलिन्सले पाइला टेकेका थिए । उनीहरुले सवा दुई घण्टा अन्तरिक्ष यान बाहिर चन्द्रमामा बिताएका थिए । उनीहरुले साढे २१ किलो चन्द्रमाको माटो तथा ढुंगासहितका सामग्री पृथ्वीमा ल्याएका थिए ।

मानवले चन्द्रमामा पाइला टेक्दा जुलाई २१ भएको थियो, तर एपोलो ११ जुलाई २० मै चन्द्रमाको सतहमा अवतरण भएको थियो । नेपाली समय अनुसार सन् १९६९ को जुलाई २१ को बिहान ९ बजेर २१ मिनेट जाँदा नील एपोलोबाट बाहिर निस्केर चन्द्रमाको सतहमा आफ्नो पाइला राखी इतिहास बनाएका थिए । तत्कालीन सोभियत युनियनसँगको अमेरिकाको शितयुद्धका कारण सुरु भएको चन्द्र यात्राले अन्ततः विश्व इतिहास बनेर कायम रहन सफल भयो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोलो ११ मिसनको भिडियो फुटेज अनलाइन स्ट्रिमिङ्ग गरेर ५० औँ वर्षगाँठ मनाएको छ । ५० वर्षअघि भएको ऐतिहासिक कार्यको साक्षी नयाँ पुस्ता पनि बनुन् भनेर नासाले सो क्षणको भिडियो देखाएको हो ।

विश्वभर चन्द्रमामा मानव पुगेको आधा शताब्दी पुगेको अवसरमा विविध कार्यक्रम भइरहेका छन् । अमेरिकाले सन् २०२४ सम्ममा पुनः अमेरिकामा मानव पठाउने बताएको छ । यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको भए पनि सो समयावधीमै अभियान पूरा हुनेमा शंका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू