अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक जना पक्राउ

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:४० मा प्रकाशित

मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । सो क्रममा एक जना गाँजा तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–१, ढुङ्गेन बस्ने ४३ बर्षीय कुमार स्याङ्तान भन्ने राजु स्याङ्तान छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।

गएराति १ बजेतिर मनहरी–९ राप्तीखोलामा पाँच जनाको समूहमा रहेका तस्कर र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा गाँजा तस्करले चलाएको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा सामान्य घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गर्न खोज्दा तस्कर समूहले प्रहरीमाथि गोली प्रहार गरेको प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिनुभयो । घटनामा संलग्न रहेका अन्य चार जना भने भाग्न सफल भए पनि प्रहरीले कुमार स्याङतानलाई पक्राउ गर्न सफल भएको हो । उनको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३१ किलो ४ सय ग्राम गाँजा बरामद भएको छ । मकवानपुर प्रहरीले पक्राउ परेका स्याङ्तानलाई लामो समयदेखि खोजी गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू