अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

बिआरटीनेपाल २०७६ साउन ४ गते ७:१३ मा प्रकाशित

अफगानी सुरक्षा फौजको कारवाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरू १७ जना लडाकु घाइते भएका छन् । सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारवाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन ।

आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ । मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ । अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू