अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी जेल जान तयार

बिआरटीनेपाल २०७६ साउन ४ गते ७:०७ मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनुभएको छ । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताउनुभएको हो ।

’पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’ उहाँले ट्विटरमा लेख्नुभएको छ् । गान्धीले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गर्नुभएको छ । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियंकाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू