अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान दलको भातृ संगठन जस्तो हुनुहुदैन

बिआरटीनेपाल २०७६ साउन ४ गते ७:०२ मा प्रकाशित

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनीतिक दलको भातृ संगठनको रुपमा संचालन गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको वैठकमा वोल्दैै सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने बताएका हुन् ।

प्रतिष्ठान सल्लाहकार एवंम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई पार्टीको भातृ सस्था जस्तो गरी सञ्चालन गर्न नहुने बताउनुभयो । प्रतिष्ठानलाई आर्थिक, समाजिक र राजनितिक क्षेत्रमा निश्चित कार्यक्षेत्र तोकेर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।

नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले वैचारिक क्षेत्र प्रतिष्ठानको मुख्य क्षेत्र हुनुपर्नेमा जोड दिनुभयो । स्वार्गीय अधिकारी वैचारिक नेता भएकाले भविष्यमा विचार विमर्शको थलो प्रतिष्ठान हुनुपर्ने उहाको भनाई थियो । कास्कीका संघीय सांसद खगराज अधिकारीले प्रतिष्ठान पुर्णतय पार्टीको अधिनमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा व्यावसायी आनन्द बतास र गणेश बहादुर श्रेष्ठले पार्टीभन्दा बाहिर रहेका स्वर्गीय अधिकारीका शुभचिन्तकले प्रतिष्ठानमा रहेर काम गर्न पाउनुपर्ने बताउनुभएको थियो । रविन्द्र अधिकारी प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराई अधिकारीले सवै क्षेत्रबाट प्रतिष्ठानमा बसेर काम गर्न पाउनुपर्ने आग्रह आइरहेकाले सवैलाई समेट्ने प्रयास आफुहरुको हुने प्रष्ट पार्नुभयो ।

कार्यक्रममा व्यावसायी बतासले आफ्नो र अटोवेज प्रालिका प्रमुख नारायाण पौडैलको तर्फबाट प्रतिष्ठानलाई पाच÷पाच लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको थियो । हाललाई प्रतिष्ठानको केन्द्रिय कार्यालय पोखरा र काठमाडौमा सम्पर्क कार्यालय राखिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू