अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

चीनको ग्यास प्लान्टमा विस्फोट, कम्तीमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ४ गते ६:५४ मा प्रकाशित

चीनको हेनान प्रान्तस्थित यीमा शहरमा एक ग्यास प्लान्टमा विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । विस्फोटमा अन्य १९ जना घाइते छन् । समाचार अनुसार विस्फोटमा परी अझै पाँचजना मानिस बेपत्ता रहेका छन् । उनीहरूको अवस्था खुल्न सकेको छैन।

अधिकारीका अनुसार विस्फोट ट्यांकीमा भएको ज्वलनशील पदार्थका कारण भएको होइन । स्थानीयका अनुसार विस्फोट अत्यन्तै शक्तिशाली थियो जसबाट तीन किलोमिटर परसम्मका घरका शिशा फुटेका छन् । उक्त प्लान्टलाई कारखानालालाई चीन सरकारले अत्यन्त सुरक्षित ठहर गर्दै प्रमाणपत्र पनि दिएको थियो। अहिलेसम्म घटनाको कारण पत्ता लागेको छैन। प्लान्टमा करिब २ सय कर्मचारी कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू