अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

अमेरिकामा अत्याधिक गर्मी बढ्यो

बिआरटीनेपाल २०७६ साउन ४ गते ०:१३ मा प्रकाशित

अमेरिकामा तापक्रम नाटकीय ढंगले बढेको छ। बिहीबारदेखि आइतबारसम्म तीन अंकको उच्च तापक्रम मापन गरिने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकामा एकासी २० देखि ३० डिग्री तापमान बढेको रेकर्ड गरिएको छ ।

पूर्वी क्षेत्रमा भने तापमान स्थिर रहने अनुमान गरिएको छ। अमेरिकामा रातको समयमा भने केही राहत महसुस हुनेछ । मिडवेस्टमा आइतबारदेखि शुक्रबारसम्म तापक्रम बढ्ने अनुमान गरिएको छ भने इस्ट कोस्टमा शनिबार भीषण गर्मी हुने अनुमान गरिएको छ ।

मौसम विभागले उक्त गर्मीलाई ’स्कोर्चिङ’ नाम दिएको छ । शनिबार वासिंटन डिसीमा आद्रता र वायुको तापक्रम ११० फरेनाइट पुग्ने अनुमान गरिएको छ । मौसमविद् माइकल भेन्ट्रिकले यसलाई ’खतरनाक गर्मी’ को संज्ञा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू