अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

भारतसँग कूटनीतिक पहल नगर्दा तराई डुब्यो – सभापति देउवा

बिआरटीनेपाल २०७६ साउन ४ गते ०:०८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कूटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताउनुभएको छ । प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप लगाउनुभयो ।

तराईका डुबान तथा बाढीले प्रभावित जिल्लाको निरीक्षणमा निस्किनुभएका उहाँले बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गर्नुभयो । तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली भएको पाएको बताउँदै देउवाले राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । सभापति देउवाले पीडितहरुको राहत र पुनस्र्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गर्नुभयो ।

देउवाका अनुसार कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदहरुले पाँच दिनको र प्रदेश सांसदहरुले १० दिनको तलब दिने निर्णय गरेका छन् । शुक्रबार सिरहा र सप्तरीका बाढी पीडितहरुको अवस्था बुझ्न त्यहाँ जानुभएका देउवाले शनिबार बिहान सुनसरीका बाढी तथा डुबानग्रस्त क्षेत्र अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू