अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

बेलायती ट्यांकर इरानको नियन्त्रणमा, वेलायती विदेशमन्त्रीले दिए यस्तो चेतावनी

बिआरटीनेपाल २०७६ साउन ३ गते २३:३६ मा प्रकाशित

इरानले बेलायतको एउटा ट्यांकर नियन्त्रणमा लिएको छ । बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताउनुभएको छ । नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनुपर्ने मन्त्री हन्टले चेतावनी दिनुभयो ।

यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ । इरानको उत्तरतर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ । सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकोप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले जानकारी दिनुभएको छ ।

इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थियो । तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गर्नुभएको छ । अमेरिकाले इरानको एउटा ड्रोन ध्वस्त पारेको दाबी गरेको र इरानले त्यसलाई खारेज गरिरहेको अवस्थामा बेलायती ट्यांकर इरानले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू