अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

लोकसेवा आयोगविरुद्ध सडकमै सुतेर प्रदर्शन, मन्त्री पण्डितको पुत्ला जलाउँदा १६ जना पक्राउ

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:४१ मा प्रकाशित

लोक सेवा आयोगको विज्ञापन खारेजको माग राख्दै प्रदेश २ को अस्थानीय राजधानी जनकपुरमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा युवाहरुले सडकमै सुतेर आयोगक अध्यक्ष उमेश प्रसाद मैनाली र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध नारावाजी गरेका थिए ।

प्रदर्शनका क्रममा आयोग अध्यक्ष मैनाली र मन्त्री पण्डितको पुतला दहन गरेपछि दर्जन बढी प्रदर्शनकारी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनमा उत्रेका समाजवादी पार्टीका नेता नवीन यादव, राजपा विद्यार्थी नेता प्रशासन्त झा, किसन साहसहितका १६ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको छ।

जनकपुरको जनक चोकबाट जुलुस निकालेर शिव चोकसम्म पुगी प्रदर्शनकारीहरुले पुतला जलाएको थियो। प्रहरीले आगो दन्किरहेको पुतला निभाएको थियो । पुतला जलाउन नदिन ठूलो संख्यामा प्रहरी परिचालित थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू