अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

तपाई पैसा जोगाउन चाहनुहुन्छ ? अपनाउनुस् यी तरिका

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:३७ मा प्रकाशित

आधुनिक समाजमा मानिसहरूलाइ पैसाको खाँचो पर्छ । दैनिक घर व्यवहारदेखि शिक्षा स्वास्थ्य लगायतका कार्यमा पैसाको नभै हुदैन । तपाई पैसा कमाउनुहुन्छ तर यसलाई जोगाउन नसक्दा परेको बेला प्रयोग गर्न त सकिदैन नै, घरपरिवार, छिमेक, दम्पतीवीच पैसाको कारण विवाद पनि सिर्जना हुन सक्छ जसले सम्वन्ध र ब्यवहारमा अविश्वास पनि पैदा हुन्छ । यसर्थ यहाँ हामी तपाईलाई पैसा जोगाउने केही उपाय सुझाउछौं ।

पैसा जोगाउने उपायहरु

उपहार योजनाबाट नलोभिनुस्- आफूलाई चाहिएको कुरा मात्र किन्नुस्। र आवश्यक परेको बेला मात्र किन्नुस्। एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।

प्रलोभनबाट बच्नुस् –  कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।

खानपानको बजेटबारे ख्याल राख्नुस् , खपत गर्ने सामान मात्र खरिद गर्नुस्।

सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्ः कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ तर पैसा अनावश्यक रुपमा खर्च भईरहेको हुन्छ ।

प्रयोग भइसकेका सामान किन्नुस्ः यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले पनि उचित हुन्छ ।

अनावश्यक कुरा बेच्नुस।

ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू