अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

व्यक्तिगत रिसइबीका कारण चन्द समूहलाई प्रतिबन्ध – माओवादी नेता गजुरेल

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:२८ मा प्रकाशित

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत रिसइबीका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले फरक राजनीतिक आस्था बोकेकै कारण जनतालाई त्रसित बनाउने र पक्राउ गर्ने काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले चन्द समूहमाथि प्रतिबन्ध लगाएर सरकारले देशलाई पुनः युद्धतर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो । देशले अर्को युद्ध थेग्न नसक्ने उल्लेख गर्दै उहाँले चन्द पनि सीके राउत ‘मोडल’मा सहमतिमा आउनुपर्ने ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू