अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली दम्पतीद्वारा मरणोपरान्त अंगदान गर्ने घोषणा

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:२६ मा प्रकाशित

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्ना शरीरका ६ वटा अंगदान गर्ने घोषणा गर्नुभएको हो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा उहाँले शरीरका ६ वटा अंगदान दिन मञ्जुरीनामा गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रालाई मरणोपरान्त आवश्यक भएको जुनसुकै बिरामीका लागी प्रयोग गर्न पाउने गरी मञ्जुरीनामा दिनुभएको हो । कार्यक्रममा ज्ञवालीकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले पनि शरीरका ६ वटा अंगदान दिने मञ्जुरीनामा गर्नुभयो ।

मानिसको मृत्यु भएपछि पनि निश्चित अंगहरूलाई अन्य विरामी मानिसहरुमा प्रत्यारोपण गर्न सकिन्छ । त्यस्तै अध्ययन अनुसन्धानका लागि पनि मृत शरीर दान गर्ने चलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू