अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दोश्रो पटक कलेजो प्रत्यारोपण सफल

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:२४ मा प्रकाशित

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ। अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीको टोलीले सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो।

४४ वर्षीय पुरुषलाई २८ वर्षिय ज्वाइँले कलेजो दान गरेको डा. भण्डारीले जानकारी दिनुभयो । कलेजो प्रत्यारोपणका लागि दिल्लीको फोर्टिस अस्पतालका वरिष्ठ सर्जन डा. विवेक विजले सहयोग गर्नुभएको थियो ।

डेढ महिना अघि पहिलो पटक शिक्षण अस्पतालमा सफल रुपमा कलेजो प्रत्यारोपण भएको थियो । त्यो वेला ५५ वर्षिय पदमबहादुर मल्ललाई ३३ वर्षीय छोरी पुर्नी शाहीले कलेजो दान गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू