अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

नेविसंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:२१ मा प्रकाशित

नेपाल विद्यार्थी संघले विभिन्न १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी नेविसंघले निजी शैक्षिक संस्थाहरुले लिने शुल्क घटाएर एकरुपता ल्याउनुपर्ने, अतिरित्त शुल्क लिन बन्द गर्नुपर्ने, कक्षा–११ र १२ का सबै तहमा शुल्क र सिट संख्या निर्धारण गर्नुपर्ने, शुल्कअनुसार राज्यलाई कर तिर्ने व्यवस्था पारदर्शी हुनुपर्नेलगायतका १० ओटा माग राखेको हो ।

नेविसंघले मागहरु पूरा गराउन शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू