अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

पाकिस्तानमा पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्री एकसाथ जेल चलान

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:१३ मा प्रकाशित

पाकिस्तानमा पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी गिरफ्तार भएपछि एउटा अनौठो कीर्तिमान (रेकर्ड) कायम भएको छ । देशकै इतिहासमा यस्तो पहिलो पटक भएको दुई जना पूर्वप्रधानमन्त्री र एक पूर्व राष्ट्रपतिलाई जेलमा कैद गरिएको छ ।

उर्दू अखबार ‘जंग’ का अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले चुनौतीको सामना गर्नु परिरहेको छ । पहिले प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो भने जुल्फिकार अली भुट्टोलाई फाँसीमा झुण्ड्याइएको थियो ।

त्यस्तै बेनजीर भुट्टोको गोली हानी हत्या गरिएको थियो । तर, पाकिस्तानको इतिहासमा पहिलो पटक एकै समयमा एउटै सरकारका एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जेलमा राखिएको छ । तीनै जनामाथि सरकारले भ्रष्टाचारको आरोप लगाएको छ ।

अन्य दुई जना पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी र राजा परवेज अशरफ पनि अदालत धाइरहेका छन् । उनीहरु पेशीमाथिको सुनुवाईका लागि अदालतमा हाजिर हुँदै आएका छन् ।

भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नवाज शरीफ गत एक वर्षदेखि अल अजीजिया सम्पत्ति मामिलामा जेलमा छन् । पूर्वराष्ट्रपति आसिफ अली जरदारी गएको एक महिनादेखि धनशोधन मामिलामा जेलमा छन् । उस्तै राष्ट्रिय जवाफबदेही ब्यूरोले एलएनजी ठेक्का मामिलामा पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई जेलमा हालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू