अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

त्रिबि उत्तरपुस्तिका काण्ड, सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डेद्धारा आत्महत्या

बिआरटीनेपाल २०७६ साउन ३ गते ९:४० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आफूमाथि लागेको आरोप सहन नसकी आत्महत्याको बाटो रोजेका छन् । हाकिमको आदेशमा उत्तरपुस्तिकामा नम्बर थप गर्न बाध्य भएका पाण्डेले लाञ्छना सहन नसकी आत्महत्याको बाटो रोजेका हुन् ।

अख्तियारले केही समय अघि आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मलाई दोषी ठहर गरी मुद्दा दायर गरेको थियो । परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने पदाधिकारीलाई सहयोग गरेका पाण्डे भ्रष्टाचार मुद्दा दायर भएसँगै चिन्तित थिए । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका पाण्डेले बिहीवार आत्महत्या गरेका हुन् ।

मुद्दाकै सिलसिलामा बिहीबार त्रिपुरेश्वरको एक ल फर्म पुगेका पाण्डे सोही फर्मको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन् । सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेको प्रहरीले बताएको छ । महानगरी प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक तनावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि तनावमै रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।

उनले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए । पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए । उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

दवावमा परेर उत्तरपुस्तिकामा नम्बर हेरफेर गर्न बाध्य भएका पाण्डेले सोही कारण जीवन त्यागेको पाइएको छ । अखितयारको बयानमै उनले आफूलाई तात्कालिन प्रशासन प्रमुख परशुराम कोइरालाले नम्बर हेरफेर गर्न बाध्य पारेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू