अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

अस्ट्रेलियामा मन्दिर निर्माणका लागि ५० लाख संकलन

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४९ मा प्रकाशित

– नारायण खड्का ।

 

अस्ट्रेलियामा नेपालीहरुको आफ्नै मन्दिर निर्माण गर्ने उद्देश्यले गरिएको सप्ताह महायज्ञबाट ६० हजार डलर (करिब ५० लाख रुपैयाँ) संकलन भएको छ । नेपाली हिन्दु सोसाईटी अस्ट्रेलियाको आयोजनामा भएको महापुराणमा सहभागिता जनाउन नेपालका जगतगुरु डा. कृष्णदास जी महाराज समेत अस्ट्रेलिया जानुभएको थियो ।

एक सातासम्म चलेको महायज्ञबाट करिब ५० लाख नेपाली रुपैयाँ संकलन भएको कोषाध्यक्ष प्रकाश ढोडारीले जानकारी दिनुभयो । १० हजार बढी हिन्दु धर्मावलम्बीहरुले सहभागिता जनाएको महापुराणबाट संकलित रकमले मन्दिर निर्माण अघि बढ्ने विश्वास लिईएको छ ।

अस्ट्रेलियाको हिन्दु सोसाईटीले सिड्नीस्थित रिचमण्डको केराजुङ्गमा दुई वर्ष पहिलेदेखि मन्दिर निर्माण पहल सुरु गरेको थियोे । दानमा प्राप्त ८ हजार वर्गमिटर जग्गामा मन्दिर निर्माण प्रक्रिया सुरु गरेको भए पनि आर्थिक अभावका कारण काम अघि बढ्न सकेको थिएन । सोही प्रक्रियालाई अघि बढाउने प्रयासस्वरुप महापुराण आयोजना गरिएको थियो ।

नेपाल बाहिर दोस्रो पशुपतिनाथ निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको मन्दिर पगोडा शैलीको हुने बताइएको छ । मन्दिरमा पशुपतिनाथ स्थापना गर्नुका साथै बौद्ध स्तुपासमेत बनाइने योजनाका साथ कार्य अघि बढाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू