अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

समता अस्पतालमा महिलाको मृत्यु प्रकरण / धरौटी नबुझाउँदा सञ्जेल पत्नीसहित तीनजना जेल चलान

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४७ मा प्रकाशित

राजधानीको बौद्धमा रहेको समता अस्पताल परिसरमा एकजना महिला मृत भेटिएको प्रकरणमा काठमाडौं जिल्ला अदालतले संचालक उत्तम सञ्जेल पत्नीसहित तीनजनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अस्पतालकै क्लिनर २७ वर्षीया बिमला तामाङको मत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंले मागेको धरौटी बुझाउन नसकेपछि सञ्चालक उत्तम सञ्जेलकी पत्नी कलासहित तीनजना जेल चलान भएका छन् ।

जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले सन्जेल पत्नी कला, कर्मचारीद्वय तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही तीन÷ तीन लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनीहरुले धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको हो । मंगलबार यो मुद्दामा आदेश आएपछि उनीहरुले धरौटी तिर्न नसकेका थिए ।

महानगरीय प्रहरी परिसरका अनुसार तीनैजनाले धरौटी बुझाएमा रिहा हुनसक्छन् । विमला गत असार ३ गते अस्पताल परिसरमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै त्यसयता निरन्तर प्रदर्शन हुने गरेको छ । विमलाले छाडेको पत्रमा आफ्नो मृत्युको कारण सञ्जेल पत्नी र दुई कर्मचारीको नाम लेखिएपछि उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू