अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

रुपन्देहीको राजमार्गका बुद्ध मुर्ति तोडफोड, प्रहरी अनुसन्धानमा

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४३ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुख्य सडकमा राखेका बुद्धका आकर्षक मुर्तिहरु बुधबार राति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमा नगरपालिकाले ६ लेनको सडक डिभाइडरमा बुद्ध मुर्ति राखेको थियोे । त्यहाँ राखिएका २२ वटा मुर्तिमध्ये गएराती ५ वटा मूर्तिमा तोडफोड भएको हो ।

तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्ध मुर्ति राखेर सडकको सुन्दरता बढाउने अभियान अन्तरगत मुर्तिहरु राख्ने अभियान थालेको थियो । ६ लेन सडक बुद्धमय बनाउने गरी डिभाइडरमा मुर्तिहरु राखिएको थियो । तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले सुनियोजित रुपमा मुर्तिहरु तोडफोड भएको भन्दै यसलाई गम्भीर रुपमा लिएको बताउनुभयो । १ सय १० किलो तौलका मुर्ति सजिलै तोडफोड गर्न सक्ने अवस्थाका नरहेको भएपनि समूहमा आएका ब्यक्तिहरुले तोडफोड गरेको हुनसक्ने प्हरीले अनुमान गरेको छ ।

नगरपालिकाले मुर्ति तोडफोड भएको थाहा पाए लगत्तै प्रहरी प्रशासनलाई खबर गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) हृदय थापाले घट्ना थाहा पाए लगत्तै अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू