अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

इराकमा टर्कीका दुई कुटनीतिज्ञको हत्या

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३८ मा प्रकाशित

इराकका लागि टर्कीका उप–वाणिज्यदूतसहित २ जनाको हत्या भएको छ । इराकको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए ।

स्रोतले दिएको प्रारम्भिक विवरणमा ३ जना मारिएको उल्लेख छ । तर, कुर्दिस आन्तरिक सुरक्षा फौजले भने अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जनाएको छ । उनीहरूका अनुसार मारिने दुई जनामध्ये एक जना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन् । टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू