अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३५ मा प्रकाशित

नयाँ आर्थिक वर्ष २०७६/७७ सुरु भएको दोस्रो दिन बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ६५ हजारमा कारोबार भइरहेको छ ।

आइतबारदेखि ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा ६४ हजार सात सय रुपैयामा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया