अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

बढी शुल्क लिने क्याम्पस र मावि लाई कारवाही गर्ने अनेरास्ववियुको चेतावनी

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३४ मा प्रकाशित

सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अनेरास्ववियुले सरकारले तोकेको भन्दा बढी शुल्क लिने क्याम्पस तथा उच्च माविलाई कारबाही गर्ने चेतावनी दिएको छ । अनेरास्ववियुले बिहीबार पत्रकार सम्मेलन गरी निजी क्याम्पस तथा उच्च माविलाई सरकारले निर्धारण गरे भन्दा बढी शुल्क नलिन आग्रह गर्दै यदि बढी रकम दिएको पाइए कारबाही गर्ने बताएको हो ।

अनेरास्ववियुले प्रवीणता प्रमाणपत्र तह हटाउँदा त्रिभुवन विश्व विद्यालय र विद्यार्थी संगठनबीच भएको संझौता कार्यान्वयनको लागि दबाब मुलुक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले शैक्षिक स्तर सुधारको लागि शिक्षामन्त्रीलाई यसअघि बुझाएको ज्ञापनपत्र कार्यान्वयन गर्नको लागि ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू