अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

जापानको क्योटो एनिमेसन स्टुडियोमा आगलागी, २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३२ मा प्रकाशित

जापानको क्योटो एनिमेसन स्टुडियोमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । क्योटो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् ।

अज्ञात व्यक्ति स्टुडियोमा प्रवेश गरी प्रज्वलनशील पदार्थ छरेर आगजनी गरेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ ।

क्योटो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टुडियो हो । आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ भने लाखौंको क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू