अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

हर्ज गर्न नेपाली टोली साउदी अरव प्रस्थान, गृहमन्त्री थापाद्धारा बिदाई

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३१ मा प्रकाशित

यस बर्ष साउदी अरबमा हज गर्न जाने पहिलो नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । १५६ सदस्यीय पहिलो टोलीलाई आज विहान सरकारले विदाइ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायतले उनीहरुलाई खादा लगाएर विदाई गर्नुभएको हो ।

हज टोलीलाई विदाई गर्न नेपालका लागि साउदी अरब र युएईका राजदूत पनि विमानस्थल पुग्नु भएको थियो । यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जाने हज टोलीले जानकारी दिएको छ । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो भने यसपटक ३ सय कोटा थप गरिएको हो ।

सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताउनुभयो । उहाँले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्ने समेत बताउनुभयो । उहाँले हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू