अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

विज्ञापन खारेजीको माग गर्दै लोक सेवा आयोग अगाडि विरोध प्रर्दशन

बिआरटीनेपाल २०७६ साउन २ गते ९:२५ मा प्रकाशित

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिदै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको विज्ञापन संविधानमा व्यवस्था गरिए बमोजिम समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले बिहीबार लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विज्ञापन खारेज गर्न दबाब दिदै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने प्रष्ट व्यवस्था गरेपनि लोक सेवा आयोगले त्यस विपरित स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी विज्ञापन खुलाएको दाबी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन् ।

विज्ञापनको परीक्षा शुक्रबारबाट शुरु हुँदैछ । आन्दोलनरत पक्षले त्यसको मुखैमा लोक सेवा आयोगको कार्यालय अगाडि प्रर्दशन गर्दै विज्ञापन खारेज गर्न माग गरेका हुन् । त्यस क्रममा प्रहरीले उनीहरुलाई कार्यालयको गेटबाट हटाउने क्रममा घचेटेको थियो भने प्रर्दशनकारीले प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्का नाराबाजी गरेका थिए । सरकारको सिफारिसमा जेष्ठ १५ गते लोक सेवा आयोगले विज्ञापन खुलाएपछि समावेशी नभएको भन्दै त्यसको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू