अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

संगीत चोरेको आरोपमा कालीप्रसाद बास्कोटाविरुद्ध उजुरी

बिआरटीनेपाल २०७६ साउन १ गते ९:३८ मा प्रकाशित

नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ । शम्भु राईले प्रकाश सपूतमाथि संगीत चोरीको आरोप लगाएको घटना सेलाउन नपाउँदै अर्का संगीतकारविरुद्ध प्रहरीमा उजुरी नै परेको छ ।

पटक पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’ भन्नेबाट कपी गरेको आरोपमा उजुरी परेको हो । गायक तथा संगीतकार बिक्की महतले करिब १ वर्षअघि रेकर्ड गराएको गीत, ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिनुभएको छ ।

महतले बास्कोटसँग प्रतिलिपी अधिकारबारे छलफल गर्न चाहेको निवेदनमा जनाइएको छ । प्रहरीमा उजुरी गर्दा पनि उचित सुनुवाइ नभएपछि महतले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेर उजुरी दिनुभएको हो । यसअघि पनि बास्कोटामाथि ‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेर बनाएको आरोप लागेपछि विवादमा तानिनुभएको थियो ।

प्रतिक्रिया