अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

बाढी,पहिरोमा परी ज्याने गुमाउनेको संख्या ८८ पुग्यो, ३१ अझै बेपत्ता

बिआरटीनेपाल २०७६ साउन १ गते ९:३३ मा प्रकाशित

असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । गृहमन्त्रालका अनुसार बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८८ पुगेको हो ।

त्यसैगरी ३१ जना अझै बेपत्ता भएको जनाइएको छ । उपचाररत् ४१ जना घाइतेमध्ये ३० जनालाई उपचारपछि फिर्ता पठाइएको छ भने ११ जनाको अझै उपचार भइरहेको छ ।

बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्धारको काम तीव्र पारिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू