अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

‘मुम्बई हमला’ का योजनाकार भनिएका हाफिज सईद गिरफ्तार

बिआरटीनेपाल २०७६ साउन १ गते ९:३१ मा प्रकाशित

भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार भनिएका हाफिज सईदलाई पाकिस्तान प्रहरीले गिरफ्तार गरेको छ । उनी पाकिस्तानको पञ्जाव राज्यस्थित आतंकवाद निरोधी विभागको एउटा मुद्दामा गिरफ्तारीबाट बच्नका लागि जमानत लिन गइरहेको समयमा पक्राउ परेका हुन् ।

पक्राउलगत्तै उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको अधिकारीहरुले जनाएका छन् । भारतले उनी मुम्बई हमलाका मुख्य योजनाकार रहेको दावी गर्दै आएको छ । पाकिस्तानले भने उनलाई आतंकवादका लागि आर्थिक स्रोत जुटाइरहेको आरोपमा गिरफ्तार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू