अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

पोखरामा ४ महिना अघि १ करोडको विमा गरेर श्रीमतीको हत्या, भारतीय किलरको संलग्नता

बिआरटीनेपाल २०७६ साउन १ गते ९:२९ मा प्रकाशित

पोखराका रमेश नेपालीले आफ्नो श्रीमतीको हत्या लामो योजनापछि गरेको कास्की प्रहरीले आशंका गरेको छ । प्रहरीले गरेको अनुसन्धान अनुसार रामबजार बस्ने रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई हत्या गर्नु ४ महिना अगाडि १ करोडको विमा गरेको खुलेको छ ।

१ करोडको विमा गर्नु र आफन्तसँगको कुराकानीका आधारमा लामो समयदेखिको योजनाबाट हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । त्यस्तै ४ महिना अघि लक्ष्मीको एक इन्सुरेन्समा १ करोडको बिमा भएको जनाइएको छ । यसले प्रहरीलाई थप अनुसन्धानका लागि मार्ग प्रशस्त गरेको छ ।

अर्की महिलासँगको प्रेम सम्बन्धमा परेका रमेशले लक्ष्मीलाई औषधि गर्न भनेर पोखरा २२ को पुम्दिभुम्दि लगेर मारेको र घटनामा अरु पनि संलग्न रहेको प्रहरीले जनाएको छ । लक्ष्मीको हत्या भएको २५ दिनपछि अस्थिपन्जर पेला पारेको थियो । एक बर्ष अगाडि देखि नै योजना बनाएको जस्तो देखिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू