अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

नतिजामुखी काम गर्न संचारमन्त्री बाँस्कोटाको कर्मचारीलाई निर्देशन

बिआरटीनेपाल २०७६ साउन १ गते ९:२८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कर्मचारीतन्त्रमा ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्ति देखिएको भन्दै नतिजामुखी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री बास्कोटाले कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्तीले गत वर्षमा सोचेजस्तो परिणाम नदेखिएको भन्दै चुस्तदुरुस्त भएर काम गर्न निर्देशन दिनुभएको हो ।

बुधबार सञ्चार मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदन र विभागीय प्रमुखसँगको कार्यसम्पादन करार सम्झौता कार्यक्रममा मन्त्री बास्कोटाले काममा ढिलासुस्ती र लापरवाही गर्ने कर्मचारीलाई तत्कालै कारवाही गरिने चेतावनी समेत दिनुभयो । मन्त्रालयको प्रगति पूँजीगत खर्च ८० प्रतिशत बढेको र आगामी वर्षंमा अझ सुधार गरेर अघि बढ्ने मन्त्री बास्कोटाको भनाइ छ । कार्यक्रममा सञ्चारमन्त्री बास्कोटाले कर्मचारीको गोठालो लाग्न नसकिने उल्लेख गर्दै पत्रपत्रिकाको पहिलो पेजमा जहिले पनि नराम्रा समाचार मात्रै नभई राम्रो कामको पनि प्रचार गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू