अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

युरोपको ‘मिस एलिट ब्युटी क्वीन’मा नेपालको प्रतिनिधि भावना

बिआरटीनेपाल २०७६ साउन १ गते ७:१३ मा प्रकाशित

काठमाडौँ । युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् । ४० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा उनी मात्र नेपालको एक्लो सहभागी हुन् ।

नेपालका लागि अधिकार प्राप्त संस्था ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ)ले हालै राजधानीमा आयोजना गरेको डिसनबाट उनी छानिएकी हुन् । अडिसनमा २५ जनाको सहभागिता रहेको थियो ।

बुधवार राजधानीमा एक कार्यक्रममा बिच ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ) भावनालाई ‘मिस एलिट ब्युट क्वीन इन्टरनेशन नेपाल २०१९’को ताज पहिर्याउदै प्रतियोगिताको लागि आधिकारीकता प्रदान गरेको हो ।

आगामी २८ जुलाईदेखि अगष्ट २ सम्म आयोजना हुने प्रतियोगितामा भावनाले नेपाली कलासंस्कृती सहित सहभागी हुन लागेकी हुन् ।

सुन्दरीहरूको पवित्र लुकेर रहेको प्रतिभा निखार्दै बाहिर ल्याउने उद्देश्य रहेको यो प्रतियोगिताको विजेताले ३ हजार युरो पर्ने ताजका साथमा विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् । भावना नेपाली मोडल तथा मेकअप आर्टिस हुन् ।

नेपालको नाम विश्वमा चिनाउने आफ्ना लागि प्रतियोगिता एक अवसर भएको कार्यक्रममा भावनाले बताइन् । उनले ताज नेपाल ल्याउने कोसिस आफ्नो रहने सुनाइन् ।

२०१३ बाट नियमित आयोजना हुँदै आएको यो प्रतियोगितामा अव देखि हरेक वर्ष एक प्रतिनिधि आफूले पठाउने ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन (डीआईएमएफ)की सिइयो मञ्जु ढकालले बताइन् ।

(डीआईएमएफ) को सम्बन्धन ड्रिम्स वेयर फ्यासन बटुकसँग छ । यसले छिट्टै ‘रनअवे ड्रिम्स २०१९’ नामको सौन्दर्य प्रतियोगिता समेत आयोजना गर्दैछ । ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनबाट नयाँ र व्यावसायिक मोडलले मोडलिङ र र्याम्पवाक आधुनिक विषयमा जानकारी लिन सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू