अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

भेनेजुएलाको प्रतिनिधिमन्डलद्वारा संघीय संसद भ्रमण

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:५९ मा प्रकाशित

नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेसनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमन्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन पुगेर प्रतिनिधिमन्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

सो प्रतिनिधिमन्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी रहेको बताईएको छ । नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको सांसद बाँस्कोटाले बताउनुभयो ।

दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमन्डलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदसँग छलफल गरेको थियो । युवा संघ नेपालको निमन्त्रणमा उक्त प्रतिनिधिमन्डल नेपाल भ्रमणमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू