अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

अमेरिकी चार महिला सांसदद्वारा राष्ट्रपति ट्रम्पको आलोचना

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:५८ मा प्रकाशित

अमेरिकी संसद्का चार महिला सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको निन्दा गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । ‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्या्टिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृले अमेरिकी जनतालाई भूलभुलैयामा नपार्न भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् ।

उनीहरुले सबैको ध्यान नीतिमा हुनुपर्ने र राष्ट्रपतिका शब्दमा दिन नहुनेसमेत बताए । नेतृहरु एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारले पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीट भ्रामक र अराजकता सिर्जना गर्ने खालको भए बताएका छन् ।

उनीहरुले ट्रम्प प्रशासनको नीति भ्रष्ट र रंगभेदी भएको आरोप पनि लगाए । राष्ट्रपति ट्रम्पले केही महिला सांसदप्रति लक्षित गर्दै उनीहरुलाई पुरानै मुलुकमा फर्कन भन्दै ट्वीट गरेपछि महिला नेतृहरु आक्रोसित भएका हुन् । राष्ट्रपतिले गरेको ट्वीटमा कुनै महिलाको नाम उल्लेख नभए पनि त्यो विशेष गरी चार जना डेमोक्र्याट महिला सांसदप्रति लक्षित रहेको बताइँदै आएको छ । राष्ट्रपतिको ट्वीटको अहिले तीव्र आलोचना भइरहेको छ ।

पत्रकार सम्मेलनमा सांसद रशिदा तलाइब र इहान ओमारले त राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउनसमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिले जातीय विभेद गरेको र यसले मुलुकलाई विखण्डनको बाटोमा लैजाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू