अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिनुभएको छ । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिनुभएको हो । खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि समेत एकसाथ प्रहार गरेपछि राष्ट्रपति ट्रम्प फेरि विवादमा तानिनुभएको छ ।

ट्वीटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने प्रष्ट पार्नुभएको छ । केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगाउनुभयो ।

उहाँले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजिएको आरोप लगाउनुभयो । अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम गरिएको जिकिर गर्नुभयो ।

अमेरिकालाई फेरि महान् बनाऔं भन्दै उहाँले आप्रवासी नीतिप्रति ओबामा प्रशासनको आलोचना पनि गर्नुभएको छ । अमेरिकीको जीवनकालकै सबैभन्दा राम्रो अर्थव्यवस्था अहिले रहेको दावी पनि ट्रम्पले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू