अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

विषादी परिक्षण नगरी तरकारी नभित्र्याउन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:५५ मा प्रकाशित

सर्वोच्च अदालतले विषादी परीक्षण नगरी तरकारी ल्याउन दिन सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुबै पक्षसँग छलफल गरी यसअघि दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध तीन वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । आज रिटका दुबै पक्षलाई अदालतले छलफलका लागि झिकाएको थियो । उक्त छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू